August 20, 2017

संविधान संशोधन नै निर्वाचनका लागि एकमात्र विकल्प–देउवा

काठमाण्डौ, १३ फाल्गुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन पारित नगरी निर्वाचनमा जान नसकिने बताएका छन् ।

संविधान संशोधनको प्रक्रियालाई अघि बढाएर निर्धारित मितिमा नै निर्वाचन सम्पन्न गर्नु पर्ने देउवाको भनाई थियो । यसका लागि सबै दललाई सकारात्मक भूमिका खेल्न उनले आग्रह गरे ।

इलाम चुलाचुली स्थित हात्तीलेदामा किँरात हाङसाम सम्योक माङहिमले आयोजना गरेको धार्मिक कार्यक्रममा उनले भने, ‘देश निर्वाचनमा होमिइसकेको छ । यसका लागि संविधान संशोधनको विकल्प छैन ।’

देउवाले निर्वाचनपछि मुलुकले नयाँ मार्ग रच्ने र यसका लागि निर्वाचन सफल रुपमा सम्पन्न गराउन आवश्यक रहेको बताए ।

साथै इलाम चुलाचुलीका जनतालाई सही र उत्कृष्ट जनप्रतिनिधि चुन्न समेत आग्रह गरेका थिए । उक्त कार्यक्रममा देशका सबै जातजाति, भाषा, संस्कृतिको सम्मान गर्न सके मात्र राष्ट्रिय एकता बलियो हुने बताए ।