July 24, 2017

संविधान संशोधन नगरी चुनाव घोषणा नगर्न मधेसी मोर्चाको दबाब

 

११ माघ, काठमाडौं । मधेसी मोर्चाले सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई संविधान संशोधन नगरी चुनाव घोषणा नगर्न दवाव दिने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले अपरान्ह ४ बजे कांग्रेस, माओवादी र मधेसी मोर्चँको बैठक बोलाएका छन ।मधेसी मोर्चाका नेताहरुले छिट्टै स्थानीय चुनावको मिति घोषणा गर्ने तीन दलको सहमतिबारे प्रधानमन्त्रीको आधिकारिक धारणा माग्ने तयारी गरेपछि मोर्चापनि दवावको तयारीमा पुगेको हो ।

मधेसी मोर्चाले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक पास नभएसम्म चुनावमा नजाने बताएको छ । मोर्चाले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनमा पनि आपत्ति जनाएको छ