August 19, 2017

संविधान संशोधन नगरी चुनाव गराउन खोजे आन्दोलनमा उत्रिन्छौँ : राजेन्द्र महतो

संविधान संशोधन नगरी चुनाव गराउन खोजे आन्दोलनमा उत्रिन्छौँ  : राजेन्द्र महतो

१८ माघ, काठमाडौं । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन नगरी चुनाव गराउन खोजे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

काठमांडौमा मंगलबार सम्पन्न कार्यक्रममा अध्यक्ष महतोले मधेसी नागरिकका माग पूरा नगरी जबरजस्ती चुनाव गराउन खोजे सरकारसँगको सम्बन्ध विच्छेद गरीे आन्दोलनमा जाने चेतावनी दिएका छन् । महतोले अहिलेको संविधान अन्तरिम संविधानभन्दा पनि असमावेशी भएको समेत टिप्पणी गरे ।

अध्यक्ष महतोले संविधान संशोधनमार्फत जनताका अधिकार स्थापना गर्ने विषयमा एमालेले बेइमानी गरिरहेको आरोप समेत लगाएका छन् ।