October 22, 2017

संविधान संशोधनमा सहयोग गर्न एमाले, मधेशी मोर्चा र राप्रपालाई माओवादी केन्द्रको आग्रह

काठमाण्डौ, २२ फाल्गुन । नेकपा माओवादी केन्द्रले संविधान संशोधनमा सहयोग गर्न एमाले, मधेशी मोर्चा र राप्रपालाई आग्रह गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले संशोधनमा सघाउन आग्रह गरेको हो । बैठकले संविधान संशोधन प्रस्ताव पारित गराई निर्वाचनको सहज वातावरण बनाउन प्रमुख प्रतिपक्षी दलसंग सम्वाद जारी राख्न सरकारलाई सुझाव दिएको छ ।

बैठकले स्थानीय तहको पूनर्संरचनाबारे सुझाव दिन मन्त्रिपरिषदले गठन गरेको कार्यदलको रिपोर्ट बुझ्न पनि सरकारलाई सुझाएको छ । स्थानीय तहको संख्या बढाएर भए पनि मधेशी मोर्चालाई निर्वाचनमा सहभागि गराउन पहल गर्नुपर्ने बैठकको निष्कर्ष थियो ।