July 26, 2017

संविधान परिमार्जन गर्न जरुरत छैन–ओली

काठमाण्डौ, १८ फाल्गुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अधिकारका लागि संविधान परिमार्जनको खाँचो नरहेको बताएका छन् ।

पार्टीले आगामी २१ देखि सुरु गर्न लागेको मेची–महाकाली अभियानबारे बुधबार सम्पादकहरुसँग अन्तरक्रिया गरेका ओलीले हिजो संविधान जारी गर्न नदिनेहरु नै आज संविधान कार्यान्वयन गर्न नदिने खेलमा लागेको बताए । अहिले उपलब्धिको रक्षा गर्दै, निर्वाचनको बाटोबाट संविधानले परिकल्पना गरेका संरचना तयार गर्दै अगाडि बढ्न जरुरी रहेको उनको भनाई छ । अधिकार र अक्षरको सम्बन्धमा विभेद नरहेको भन्दै सुशासनको सम्बन्धमा भने संविधानमा परिमार्जन गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष ओलीले तराईमा एमाले विरुद्ध झुठो हल्ला फैलाइएको भन्दै त्यो गलत भएको टिप्पणी गरेका छन् ।

कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेलले संविधान कार्यान्वयन गर्न नचाहने, संविधान मान्दिन भन्ने च्यात्न खोज्ने सबैका विरुद्ध प्रतिवाद गर्न पनि मेची महाकाली अभियान गर्न लागेको बताए ।