June 27, 2017

संविधान कार्यान्वयनका लागि निर्वाचन जरुरी–देउवा

२ फाल्गुण, काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको प्रभावकारी कार्यान्वयनका लागि निरधारीत समयभित्र तीनै तहको चुनाव सम्पन्न गर्नुपर्ने बताएका छन्।

प्रजातान्त्रिक प्राध्यापक सङ्गले सोमबार काठमाडौमा आयोजना गरेको ‘प्रज्ञा दर्शन’ लोकार्पण कार्यक्रममा समयसीमाभित्र निर्वाचन हुन नसकेमा संवैधानिक सङ्कट आउने बताउँदै स्थानीय तहको निर्वाचन गर्नका लागि कानुन बनिसकेको बताएका छन् । देउवाले स्ववियुको निर्वाचनमा नेवि सङ्गले विजय हासिल गरेमा राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेस सफल हुन सक्ने विचार व्यक्त गरेका छन् ।

महामन्त्री शशाङ्क कोइरालाले प्राध्यापकले विभिन्न क्षेत्रमा अनुसन्धान गरी प्रकाशित ‘प्रज्ञा दर्शन’ उपयोगी रहेको विचार व्यक्त गर्दै त्रिविका प्राध्यापक तथा विद्यार्थीले अनुसन्धानमूलक कार्य गर्नुपर्नेमा जोड दिनुएका छन् ।

कृतिका सम्पादक प्राडा दामोदर ज्ञवालीले कृतिमा ११ वटा लेख नेपालीमा तथा १९ वटा अंग्रेजीका लेख समावेश गरिएको जानकारी दिए ।