June 27, 2017

संघीय गठबन्धनको बन्द, जनजिवन प्रभावित, काठमाडौ उपत्यकामा सामान्य प्रभाव, तराई ठप्प

 काठमाण्डौ २७ फाल्गुन । सप्तरी घटनाको विरोधमा संघीय गठबन्धनले आह्वान गरेको नेपाल बन्दका कारण जनजिवन प्रभावित भएको छ ।

राजधानी काठमाडौमा जनजिवन सामान्य रहेपनि तराइ मधेषका जिल्लाहरु भने ठप्प रहेका छन् । काठमाडौमा बिहानैदेखि सवारी साधन, पसल खुलेपनि अन्य दिनको तुलनामा कम सवारी साधन चलेका छन् । उपत्यका बाहिरको जनजिवन पनि बन्दले प्रभावित भएको छ ।

फोरम नेपालको नेता तथा कार्यकर्ता पक्राउ

प्रहरीले  बन्द गराउदै हिडेकासंघीय समाजवादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष र महासचिवसहित दर्जनौं नेताहरुलाई काठमाडौंमा गिरफ्तार गरेको छ । पार्टीका उपाध्यक्ष हेमराज राई र महासचिव रणध्वज कन्दङ्वासहितका नेताहरुलाई पक्राउ गरी प्रहरीले हिरासतमा लिएको छ ।

संघीय गठबन्धनको आव्हानमा गरिएको बन्दको क्रममा ललितपुरको पुल्चोकबाट फोरम नेपालका उपाध्यक्ष राई, महासचिब कन्दङ्वा, राजनीतिक समिति सदस्य धिरेन्द्र बहादुर श्रेष्ठ पक्राउ परेका छन् ।

केन्द्रीय सदस्य भुपेन्द्र नेम्वाङ र महेन्द्रलाल राई, लिम्बुवान प्रदेश समितिका अध्यक्ष उपेन्द्र लावती, किरात प्रदेश सम्पर्क समितिका सचिव मोहन राई र सङ्घीय सुनुवार सङ्घका संयोजक याता राजेन्द्र सुनुवारसहित ८ जनालाई गिरफ्तार गरि महानगरिय प्रहरी परिसर जावलाखेलमा राखेको छ ।

यसैगरि, बन्दको क्रममा बिहान ललितपुरको पुल्चोकबाट फोरम नेपालका केन्द्रीय सचिव  अजम्बर राई काङ्माङ्, केन्द्रीय सदस्यहरु शाक्य सुरेन, पूर्णबहादुर बस्नेत र बिष्णुजङ बस्नेत ललितपुर जिल्ला अध्यक्ष कृष्णभक्त डङ्गोल, नेवा प्रदेश समिति सचिव चन्द्र महर्जन, ललितपुर उपाध्यक्ष मगरात किरण, सदस्यहरु अश्तेन्द्र महर्जन, किर्ति लब, रमण राई र अर्जुन राई गरि ११ जनालाई गिरफ्तार गरि महानगरिय प्रहरी परिसर जावलाखेलमा राखेको छ ।

त्यस्तै, बन्दको क्रममा महाराजगञ्जबाट ताम्सालीङ सङ्घर्ष समितिका संयोजक जय गोले, सदस्यहरु केदार घले, संच्बिर तामाङ्, पासाङ तामाङ्, अस्मिता तामाङ्, सुष्मा तामाङ र सुर्प दोङ सहित गरि १० जनालाई प्रहरीले गिरफ्तार गरि महानगरिय प्रहरी परिसर महाराजगञ्जमा राखेको छ ।