June 26, 2017

संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका कर्मचारीद्वारा धुर्मुस सुन्तलीलाई १ लाख सहयोग

काठमाण्डौ, २३ फाल्गुन । महोत्तरीको बर्दिवासमा एकिकृत नमुना मुसहर बस्ती निर्माणका गरीरहेको धुर्मुस सुन्तली फाउण्डेशनलाई संघिय महिला तथा स्थानिय विकास मन्त्रालयका कर्मचारीहरुले १ लाख रुपैयाँ सहयोग  गरेकाे छ ।

बस्ती निर्माणमा रकम अभाव भन्ने समाचार सुनेर आफुहरुले १ लाख २ हजार ५ सय १० रुपैयाँ सहयोग गरेको मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले बताएका छन् ।

मन्त्रालयका सतव अधिकारीलले फाउण्डेशनकि कुञ्जना घिमिरे (सुन्तली)लाई रकम हस्तान्तरण गर्दै उनलाई सद्भावना दूत बनेकोमा बधाई समेत दिएका छन् ।

उनले धुर्मुस सुन्तलीको कामलाई आफूले नजिकबाट नियालिरहेको भन्दै हरेक निर्माण कार्यमा साथ र सहयोग गर्न आफ्नो मन्त्रालय तयार भएको समेत बताएका छन् ।

मन्त्रालयका ११८ कर्मचारीको संयुक्त प्रयासमा यो सहयोग रकम संकलन भएको हो । बिभिन्न सञ्चार माध्यममा आएका आर्थिक संकटको समाचारले धुर्मुस सुन्तलीको यो महान काममा अवरोध नआयोस भन्नका लागि आफुहरुले सहयोग गरेको उनले बताए ।