October 18, 2017

संक्रमणकाल लम्ब्याउने षड्यन्त्र भइरहेको छ–ओली

काठमाण्डौ, १४ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी ओलीले विभिन्न बहानामा संक्रमणकाल लम्ब्याउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।

नेकपा एमालेले सोमबार काठमाडौमा आयोजना गरेकाे विद्वत सभामा उनले यस्तो बताएका छन् ।

उनले लोकतन्त्रमा निर्वाचन नमान्नु संक्रमणकाल लम्ब्याउने षड्यन्त्र भएको उल्लेख गरेका छन् । निर्वाचनका लागि सर्त बनाउनु कुनै पनि हालतमा स्वीकार्य नहुने उनको भनाई छ ।

ओलीले अहिलेको अवस्थामा बिनासर्त निर्वाचनमा होमिएर मुलुकलाई अघि बढाउनुपर्ने धारणा राखेका छन् । उनले आगामी ०७४ साल माघ भित्र जस्तोसुकै अवस्थामा पनि सबै निर्वाचन सम्पन्न गर्नुपर्ने बताए ।

कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरुले मलुकलाई विकासको गतिमा अघि बढाउन सकिने सम्भावनाका क्षेत्रका विषयमा धारणा राखेका थिए ।

विद्वत सभामा विभिन्न क्षेत्रका एक सय जना बढि सहभागी थिए । विद्वत सभाबाट आएका सुझावका आधारमा सामाजिक तथा आर्थिक रुपान्तरणका लागि योजना तयार गरिने एमालेले जनाएको छ ।