संकटा क्लब फाइनलमा प्रवेश

२६ माघ, बारा । बारामा जारी सिमरा गोल्डकपमा संकटा क्लब फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको सेमिफाइनको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन विजय युथ क्लबलाई दुई एकले पराजित गर्दै संकट फाइनलमा प्रवेश गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ एक÷एक गोलको बराबरीमा सकिएको थियो

। दोस्रो हाफमा संकटाले थप एक गोल थप्दै उपाधि नजिक पुगेको हो । संकटाका विश्व अधिकारी खेलमा म्यान अफ दि म्याच घोषित भए ।

संकटाले फाइनलमा त्रिभुवन आर्मी र हिमालय शेर्पाबीचको विजेतासंग खेल्नेछ ।