October 17, 2017

सँघीय गठबन्धनद्वारा अान्दाेलनकाे घाेषणा, २७ गते नेपाल बन्द

काठमाण्डाै २४ फाल्गुन ।   संघीय गठबन्धनको बैठकले सप्तरी घटनाकाे विराेधमा अान्दाेलनका कार्यक्रम घाेषणा गरेकाे छ ।  संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालय तीनकुनेमा बसेकाे बैठकले अान्दाेलनकाे घाेषणा गरेकाे हाे ।

बैठकले फाल्गुन २६ गते जिल्ला सदरमुकामहरु सहित काठमाण्डौमा विरोध प्रदर्शन गर्ने निर्णय गरेकाे छ भने २७ गते नेपाल बन्दकाे अाव्हान गरेकाे छ ।

प्रहरीकाे गाेलीबाट तीन जनाकाे मृत्यु भएकाे घटनालाई सरकार चरम दमनमा उत्रेकाे विश्लेषण गर्दै प्रचण्ड गठबन्धनकाे सरकारलाई दिएकाे समर्थन फिर्ता लिने निर्णय समेत बैठकले गरेकाे छ । समर्थन फिर्ताका लागि सरकारलाई सात दिनकाे अल्टिमेटम सहितकाे पत्र बुधबार बुझाउने बैठकमा सहभागि नेताले बताए ।

बैठकले क्षतिपूर्ति सहित मृतकहरुलाई सहीद घोषणा र घाइतेहरुलाई निशुल्क उपचारको माग गरेकाे छ। सरकारले अागामी बैसाख ३१ गते घाेषणा गरेकाे स्थानिय तहकाे निर्वाचन फिर्ता लिन समेत गठबन्धनले माग गरेकाे छ ।