August 22, 2017

सँघीय कानून नबन्दासम्म कामदार राेक्न श्रम समितिको सरकारलाई निर्देशन

काठमाण्डौ, ३१ चैत्र । संघीय ढाँचा अनुसारको कानुन निर्माण नभएसम्म वैदेशिक रोजगार कम्पनीहरुलाई कामदार पठाउने इजाजत नदिन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

बैठकले अदालतले फैसला गरेका बाहेकका वैदेशिक रोजगार कम्पनीलाई कामदार पठाउने इजाजत नदिन पनि सरकारलाई पुनः सचेत गराएको छ ।

वैदेशिक रोजगारीमा जानेहरुमाथि वैदेशिक रोजगार कम्पनीहरुबाट ठगिने क्रम नरोकिएको भन्दै प्रभावकारी अनुगमनको व्यवस्था गर्न ठगी गरिरहेका म्यानपावरलाई कडा भन्दा कडा कारबाही गर्न श्रम समितिले सरकारलाई निर्देशन दिएको हो ।

त्यस्तै बैठकले वैदेशिक रोजगार कम्पनीहरुलाई कारबाही गरी त्यसको विवरण ३ महिनाभित्र समितिमा पेश गर्न पनि सरकारलाई निर्देश गरेको समिति सभापति प्रभु साहले जानकारी दिए । बैठकमा समिति सदस्यहरुले विभिन्न नीति आए पनि वैदेशिक रोजगारमा जाने नेपालीमाथि ठगिने क्रम नरोकिएको भन्दै आपत्ती जनाएका थिए ।

श्रम तथा रोजगार मन्त्रालयका पदाधिकारीहरुले विदेशमा नेपालीले भोग्नुपरेको पीडाप्रति सरकार सचेत रहेको धारणा राखेका थिए ।