June 28, 2017

श्रीलङ्काका सेना प्रमुख एडब्लूजे सिल्भा नेपालको ६ दिने औपचारिक भ्रमणमा

काठमाण्डौ, १ चैत्र । प्रधान सेनापति  राजेन्द्र क्षत्रीको निमन्त्रणामा श्रीलङ्काका सेना प्रमुख एडब्लूजे सिल्भा ६ दिने औपचारिक भ्रमणको सिलसिलामा मंगलबार काठमाण्डौ आई पुगेका छन् ।

एडब्लूजे सिल्भा लाई उपरथी विनोद कुमार श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

भ्रमणको क्रममा उनले राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्प कमल दाहाल, रक्षामन्त्री श्री बालकृष्ण खाण, प्रधान सेनापति राजेन्द्र क्षत्रीसँग छुट्टा–छुट्टै भेटगर्ने कार्यक्रम रहेको छ ।

नेपाली सेनाको पोखरा स्थित पश्चिम पृतना हे.क्वा. र विभिन्न शिक्षण संस्थाहरुको भ्रमण तथा नेपालका केही महत्वपूर्ण पर्यटकीय स्थलहरुको समेत भ्रमण गर्नु हुने कार्यक्रम रहेको छ ।

छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं बृहत्तर पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।