एक अर्ब मूल्यको ‘श्रीकुञ्ज निवास’ अाँखा अस्पताललाई दान

काठमाण्डौ ५ फाल्गुन । काठमाण्डौकाे कान्तिपथका श्रीजङ्ग शाह र रुद्र कुमारीले आफू बस्दै आएको करिब १ अर्ब मूल्य बराबरकाे करिब ५० अाना जग्गामा रहेकाे ‘श्रीकुञ्ज निवास’ नेपालगञ्जस्थित फत्ते बाल आँखा अस्पताललाई दान गरेका छन् ।

शनिबार काठमाडाैं कान्तिपथस्थित ‘श्रीकुञ्ज निवास’मा अायोजित पत्रकार सम्मेलनमा शाह दम्पतीले आफूहरुको मृत्यु पछि अाफ्नो घरजग्गा नेपालगञ्जस्थित फत्ते बालआँखा अस्पतालकाे स्वामित्वमा जाने गरी मालपोत कार्यालयमा रजिष्ट्रेसन पास गरिदिएकाे जानकारी दिए ।

सरकारी मूल्य करिब २२ करोड रुपैया रहेकाे जमल कान्तिपथस्थित होटल एलो प्यागोडासंगै रहेकाे उक्त जग्गाकाे हाल चलनचल्ती मूल्य १ अर्ब रुपैया बताइएकाे छ ।

९३ बर्षिय शाहका ९० बर्षिय श्रीमति र एक विवाहित छोरी छन । पत्रकार सम्मेलनमा दानवीर शाहले अाफन्तहरुले घरजग्गा दानमा नदिन दबाव दिदा पनि अाफु बिचलित नभएकाे बताए । उनले ‘भने ठूला प्रभावशाली व्यक्तिहरुले अाफुले गरेकाे यो पुन्य कार्यलाई असफल बनाउन लागेका थिए तर उनीहरु अाफै असफल भए,  सत्यकाे जित भयो,  अाज मैले दान गर्न पाए’।

अाफन्तहरुले विभिन्न प्रपन्च गरेर अाफ्नो सम्पती हडप्न खोजेको दुखेसो पोख्दै शाह दम्पतीले अाफ्ना स्वर्गिय बुबा र अामाले नेपालगञ्जकाे घर जग्गा अाँखा अस्पताललाई दान गरेर पुन्य कार्य गरेकाे संस्मरण गर्दै  जीवनकाे अन्तिम अवस्थामा अाफु पनि बुबा अामाकै मार्गमा हिडेकाे बताए । शाहकाे पुर्ख्यौली थलो जाजरकाेट हो ।

शाह विगतमा नेपाल राष्ट्र बैककाे निर्देशक र विश्व बैक अन्तर्गत अन्तराष्ट्रिय मुद्राकाेषकाे अल्टरनेट गभर्नरमा कार्यरत हुनुहुन्थ्यो भने नियमित जागिरबाट सेवा निवृत भइसकेपछि विभिन्न एक दर्जन राष्ट्रिय तथा अन्तराष्ट्रि संघ संस्थामा अावद्द रहेका छन ।

दानवीर श्रीजङ्ग शाहका बुबा कप्तान फत्तेजंग शाह तथा आमा बाल दिव्यश्वरी शाहले २०४३ सालमा नेपालगन्जको फुलटेक्रामा तीन विगाहा क्षेत्रफलमा रहेकाे २० काेठे घर फत्ते बालआँखा अस्पताललाई दान दिएका थिए । उक्त अस्पतालमाबाट बार्षिक १ लाख २० हजार भन्दा बढी अाँखाका रोगीहरुले उपचार सेवा पाइरहेका छन ।