August 19, 2017

शुक्लाफाटाबाट उन्नत गाई भैसी डोटी लगिदै

कञ्चनपुर, २८ चैत्र । जिल्ला पशुसेवा कार्यालय कञ्चनपुरको सहयोगमा सञ्चालित शुक्लाफाटा उन्नतगाई भैसी उत्पादन समितिबाट उत्पादित उन्नत जातका गाईका बाच्छाहरु जिल्ला पशुसेवा कार्यालय डोटी लगिने भएका छन् ।

शुक्लाफाटा उन्नतगाई, भैसि उत्पादन समितिका अध्यक्ष रघवीर प्रसाद लेखकका अनुसार सरकारले देशभर उन्नतजातका गाईका बाच्छा उत्पादन श्रोत केन्द्र खोलेको छ । शुक्लाफाटा उन्नतगाई भैसी उत्पादन समितिले पनि सुदुर पश्चिमका ९ वटै जिल्लामा उन्नतजातका गाईका बाच्छाहरु आपूर्ति गर्ने बताएकाे छ । श्रोत केन्द्रका कर्मचारी धर्मानन्द जोशिले आफूहरु सँग ३ सयको संख्यामा जर्सि र होलस्टेन जातका गाईहरु रहेको बताएका छन् ।

उनले जिल्ला पशुसेवा कार्यालय डोटीबाट उन्नत जातका गाईहरुको माग भएकोले नश्ल सुधार गरिएका उन्नतजातका गाईका बाच्छाहरु पठाउन लागेको बताएका छन् ।