October 18, 2017

शिव सेना पार्टीको प्रथम महाधिवेशन काठमाडौमा सुरु

काठमाण्डौ, २२ फाल्गुन । राष्ट्रिय शिव सेना पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आईतबारबाट काठमाडौमा सुरु भएको छ ।

पार्टीको महाधिवेशनले आगामी राजनीतिक कार्यदिशा तय गर्ने अध्यक्ष विक्रम बहादुर बमले जानकारी दिएका छन् । शिवसेना, ॐ कार परिवार, राष्ट्रवादी अखण्ड नेपाल प्रति आस्थावानहरुको लागि महाधिवशन महत्वपूर्ण रहेको उनले बताए ।

राष्ट्रिय शिव सेना पार्टीले संवैधानीक राजतन्त्र, हिन्दू अधिराज्यको वकालत गर्दै आएको छ ।