October 24, 2017

शिक्षा क्षेत्र सुधारको लागि विश्व बैंकको १ सय ८५ मिलियन अमेरिकी डलर ऋण सहयोग

काठमाण्डौ, १५ चैत्र । विश्व बैंकले नेपालको शैक्षिक क्षेत्रको विकासको लगि १ सय ८५ मिलियन अमेरिकी डलर ऋण उपलब्ध गराउने भएको छ ।

यो ऋण उपलब्ध भएसँगै नेपालको शैक्षिक क्षेत्रको गुणस्तरमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । उक्त ऋण विद्यालयको विकास योजनार्थ ७ वर्षका लागि दिइएको हो ।

यो कार्यक्रमले ७ लाख विद्यार्थीलाई प्रत्यक्ष फाइदा हुने देखिन्छ भने देशभरिका ३० हजार सामुदायिक विद्यालय पनि यसबाट लाभान्वित हुने छन् ।

पछिल्लो २ दशकमा नेपालले शैक्षिक क्षेत्रमा प्रशंसनीय फड्को मारेको छ । सरकारको प्रशासनिक तथ्याङ्कका अनुसार, प्राथमिक शिक्षा हासिल गर्नेको संख्या सन् २०१६ सम्ममा बढेर ९७ प्रतिशत पुगेको छ । सन् २००२ देखि २०१५ को अन्तरालमा नेपालमा विद्यालयको संख्यामा पनि ३० प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

यही समयमा शिक्षकको प्रतिशत पनि ७६ प्रतिशतले बढेको छ । जसको कारण शिकारु शिक्षकको संख्या ३६ बाट घटेर २५ प्रतिशतमा झरेको छ ।

तर यो सफलतासँगै नेपालको शैक्षिक क्षेत्रमा गुणस्तरीय शिक्षा र समान प्रतिनिधित्व चुनौतिको रुपमा देखा परेको छ ।

सन् १९९२ देखि विश्व बैंकले नेपालको शैक्षिक क्षेत्रलाई प्रभावकारी र गुणस्तरीय बनाउन सहयोगिको भूमिका खेल्दै आएको छ ।