August 22, 2017

चिकित्सा क्षेत्रमा देखिएको समस्या छिटै समाधान हुन्छ–शिक्षामन्त्री

२२ माघ, काठमाण्डौ । शिक्षामन्त्री धनिराम पौडेलले चिकित्सा क्षेत्रमा देखिएको समस्या छिटै समाधान हुने बताएका छन् ।

नेपाल डेन्टल साईन्स एसोसिएसन र नेपाल डेन्टल हाईजिनिष्ट एसोसिएसनको राष्ट्रिय भेलालाई शनिबार काठमाडौमा सम्बोधन गर्दे मन्त्री पौडेलले यस्तो बताएका हुन । उनले चिकित्सा शिक्षा बिद्ययेक संसदीय समितिबाट पारित भई सदनमा पुगेको समेत जानाकारी दिएकाछन् । उनले चिकित्सा शिक्षा, आयुर्वेद शिक्षा लगाएका क्षेत्रमा समस्या र विकृति रहेको भन्दै सदनबाट बिद्ययेक पारित भए यसबाट मुक्त हुने उल्लेख गरे । राष्ट्रिय चिकित्सा शिक्षा आयोग गठन छिटै हुने भन्दै उनले चिकित्सा शिक्षा बिकृति हट्ने बिश्वास पनि व्यक्त गरेका छन् ।

कार्यक्रममा एसोसिएसनले डेन्टलसम्बन्धी सरकारी निति फितलो भएका कारण समस्या भएको भन्दै गुनासो गरेका थिए ।