शिक्षक तलब भत्ताको लागी मात्रै ६२ अर्ब

काठमाण्डौ,१२ वैशाख । शिक्षा विभागले आगामी आर्थिक बर्षमा शिक्षकको तलब भत्ताको लागि मात्रै ६२ अर्ब रुपैयाँ प्रस्ताव गरेको छ ।

चालू आर्थिक बर्षको तुलनामा यो प्रस्ताव २ अर्ब ९६ करोडले बढी हो ।

आगामी आवमा विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी) र शिक्षक तलब भत्ताका लागि मात्र साढे ५ अर्ब रुपैयाँभन्दा बढी बजेट प्रस्ताव गरिएको छ । यो खबर आजको कारोबारमा दैनिकमा छ ।