August 17, 2017

शिक्षकहरु आन्दोलनमा उत्रिएपछि मनाङका सबै विद्यालयहरु बन्द

सृजना घिमिरे /लमजुङ १३ जेठ । शिक्षकहरुले आन्दोलन गरेर पठन पाठन नगरपछि हिमालपारीको जिल्ला मनाङका विद्यालयहरु बन्द भएका छन् ।

शिक्षकलाई दिँदै आएका पोशाक भत्ता कम भएको भन्दै कामकाज ठप्प गरेका हुन् । आर्थिक वर्ष ०७१/०७२ मा निजामती कर्मचारी र शिक्षकहरुको लागि बराबर १५ हजार रुपैँया पोशाक भत्ता दिएपनि ०७२/७३ मा शिक्षकलाई ७ हजार ५ सय रुपैया मात्र उपलब्ध गराएकाेले शिक्षकहरु अान्दोलनमा उत्रिएका हुन ।

शिक्षकहरुले निजामति कर्मचारी सरह पोशाक भत्ता पाउनु पर्ने माग ग रेका छन । निजामत ि कर्मचारीहरुले भने १५ हजार रुपैया पोशाक भत्ता पाउदै अाएका छन ।

शिक्षक र कर्मचारीका लागि समान पोशाक भत्ताकाे माग गर्दै शिक्षक महासंघ मनाङको नेतृत्वमा आन्दोलन भएको हो । पटक पटक माग राखेपनि मागको सुनुवाई नभएको भन्दै करिव अढाई सय शिक्षकहरु शुक्रबार देखि आन्दोलनमा उत्रिएका हुन् ।

मागको सुनुवाई नभए सम्म अनिश्चितकालिन आन्दोलन जारी राख्ने मनाङका शिक्षक नविन अंकुरले बताए। सिंगो जिल्लाभरि १३ गाविस रहेको मनाङमा २ उच्च माध्यमिक विद्यालय, २ माध्यमिक विद्यालय, ७ निम्न मावि, १४ प्रावि र एक नीजि गरि २६ वटा विद्यालय रहेका छन् ।