August 19, 2017

शाैचालयमा क्यामेरा राख्ने व्यक्ति पक्राउ

काठमाण्डौ, ९ चैत्र । पश्चिमी सिड्नीका एक व्यक्तिले गलत ढङ्गले सार्वजनिक शौचालय र पारामत्ताको ट्रेन स्टेसनमा क्यामेरा राखेको खुलेको छ ।

बुधवार बिहान प्रहरीले ४० वर्षीय व्यक्तिलाई ट्रेनमा भेटिएकाजस्तै अरु क्यामेरासहित उसको घरबाट पक्राउ गरेको हो ।

यसअघि ट्रेनका सदस्यहरुले त्यस्तै क्यामेराहरु फिल्मी शैलीमा राखिएको अवस्थामा भेटेका थिए ।

उक्त व्यक्तिलाई पारामत्ताको स्थानीय अदालतले मानिसको गोप्यतासँग खेलेको हुँदा कडा दण्ड दिने प्रहरीले जनाएको छ ।