November 17, 2017

शान्ति समितिहरु भङ्ग नगर्न सरकारलाई अाग्रह

काठमाण्डौ २८ असार । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले शान्ति समिति भङ्ग गर्न लागेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
बुधबार सिंहदरबारमा प्रधानमन्त्री शेर वहादुर देउवासंग भेट गर्दे दुई अयोगका पदाधिकारीहरुले शान्ति मन्त्रालयले जिल्लामा रहको शान्ति समिति भङ्ग गर्न लागेको भन्दै ध्यानाकर्षण गराएका हुन् ।

द्वन्द्वकालीन न्याय निरुपण गर्ने क्रममा शान्ति समितिले पिडितसंग निरन्तर सम्पर्कमा रही अनुसन्धानको कार्यलाई जारी राखेको भन्दै आयोगले अहिलेको अवस्थामा समिति नै भङ्ग गरे आयोगको कार्य अप्ठेरोमा पर्ने जनाएको छ ।
ऐन संशोधन र आर्थिक तथा आवश्यक स्रोतसाधन नहुँदा काम गर्न कठिन भए पनि आयोगले सातै प्रदेश मुकाम खडा गरी काम सुरु गरेको प्रधानमन्त्रीलाई जानकारी गराईएको मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले जानकारी दिए ।

भेटमा प्रधानमन्त्री देउवाले आयोगको कामकारवाहीलाई निरन्तर रुपमा अघि बढाउन आग्रह गर्नुभएको गरेका थिए । त्यस्तै उहाँले आयोगलाई भएको समस्यामा बिषयमा छलफल गरि निकास निकाल्ने आश्वासन दिएकाे गुरुङले बताए ।