शान्ति काव्य प्रवाहको ५४ औं श्रृंखला सम्पन्न

काठमाण्डौ, ३१ चैत्र । मानव अधिकार तथा शान्ति समाजद्वारा संचालित शान्ति काव्य प्रवाहको ५४ औं श्रृखंला २०७३ चैत ३१ गते काठमाण्डौमा सम्पन्न भएको छ ।

४१ जना कविहरुले कविता वाचन गरेको ५४ औँ शान्ति काव्य प्रवाहको सभापतित्व समाजका सभापति गंगाधर अधिकारीले गरेका थिए ।

५४ औँ शान्ति काव्य प्रवाहमा कविहरु रामबहादुर पहाडी, वेदमणी घिमिरे, कृष्ण कंडेल, मेनका पोखरेल आचार्य, रश्मी रिमाल, आनन्दराम पौडेल, शारदा पराजुली, पुर्णविराम, ब्रह्मप्रिय प्रेम स्वरुप, प्रकाशमणि दाहाल, रत्ननीधि रेग्मी शुक्राचार्य, कुशुम शर्मा, पुष्पा धमला, उर्मिला पन्त पाण्डे, लक्ष्मी एडी, अन्जु विष्ट, गणेश प्रसाद खतिवडाले कविता प्रस्तुत गरेका थिए ।

साथै मुकुन्द पौडेल, प्रभाकर पाण्डे, प्रकाश बस्नेत, बाबुराम लामिछाने, प्रीति कौर, ललिता दोषी, भाग्यशाली अधिकारी, गंगा कर्माचार्य पौडेल, शिवराम खड्का, निराजन तिमल्सिना, पुन्य गौतम, प्रदिप मैनाली, रुद्र अधिकारी, अतृप्त पाण्डेय, ओमप्रसाद कोइराला लगायतले रचना प्रस्तुत गरेका थिए।