August 23, 2017

शरणार्थी शिविर बन्द गर्न केन्याको सर्वोच्च अदालतको आदेश

२७ माघ, काठमाण्डौ (एजेन्सी) । केन्याको सर्वोच्च अदालतले विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविर बन्द गर्न आदेश दिएको छ ।

सुरक्षाको कारण देखाउँदै सर्वोच्च अदालतले ददाब शरणार्थी शिविर बन्द गर्न आदेश दिएको हो । सो शिविरमा छिमेकी राष्ट्र सोमालियाका द्वन्द्वप्रभावित २ लाख ६० हजार भन्दा बढी मानिसले आश्रय लिइरहेका छन् । २० वर्षदेखि सो शिविरमा आश्रय लिइरहेका शरणार्थीलाई जबरजस्ती सोमालिया फर्किन बाध्य पारिएको भन्दै कही अन्तर्राष्ट्रिय मानवअधिकारवादी संगठनले आपत्ति जनाएका छन् ।

केन्याको मानवअधिकार आयोगले उच्च अदालतको आदेश भेदभावपूर्ण र अन्तर्राष्ट्रिय कानुनविपरीत रहेका भन्दै सो आदेशको कार्यान्वयनको चुनौती दिएका छ ।

सन् १९९१ मा स्थापना भएको सो शिविरमा सोमालियाका शरणार्थीले आश्रय लिइरहेका छन् ।