July 24, 2017

शक्तिशाली बम विस्फोट हुँदा दुई प्रहरी अधिकृतसहित १६ जनाको मृत्यु

२ फाल्गुण, लाहोर । पाकिस्तानको लाहोरमा शक्तिशाली बम विस्फोट हुँदा दुई प्रहरी अधिकृतसहित १६ जनाको मृत्यु भएको छ ।

पाकिस्तान पञ्चावको लाहोर शहरमा एक व्यस्त मल नजिकै गराइएको शक्तिशाली विष्फोटमा २ वरिष्ठ अधिकृतसहित १६ जनाको मृत्यु भएको छ भने, अन्य ६० भन्दा बढी घाइते भएका छन् ।

घाइतेहरुको उपचार पूर्वी लाहोरका विभिन्न अस्पतालमा भइरहेको छ । सयौं ‘फर्मासिस्ट’ र्यालीमा जम्मा भएको बेला बम विस्फोट भएको हो । विष्फोटको जिम्मा तालिवानले लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।