वैशाख १५ सम्म डिजिटलाइज्ड गर्नुभएन भने तपाईको टिभी सेट चल्दैन

काठमाण्डौ, १० चैत्र । केबलबाट सञ्चालन हुने सबै टेलिभिजनहरु आगामी वैशाख १५ सम्म डिजिटलाइज्ड गरिएन भने सेवा बन्दहुने भएका छन् ।

बैशाख १५ पछि काठमाण्डौसहित ललितपुर, वीरगञ्ज, बिराटनगर, पोखरामा केबल टेलिभिजन डिजिटलाइजेशन भएन भने टीभी बन्दहुने भएका छन् ।

यी बाहेकका अन्य सबै नगरपालिकामा पनि आगामी कात्तिक १५ पछि एनालग टेलिभिजन चल्ने छैन । ०७५ को वैशाख १५ गतेपछि ग्रामीण क्षेत्रसहित देशभर एनालग टेलिभिजन बन्द हुने सञ्चार मन्त्रालयका केबल टेलिभिजन समन्वय शाखाका इञ्जिनियर अनिल भुजेलले बताए ।

यसअनुसार ०७५ को बैशाखसम्म देशभरका टेलिभिजन एनालगबाट डिजिटलमा रुपान्तरण भईसक्ने सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ ।

एनागल टेलिभिजनको सेवा गुणस्तरीय र समयसापेक्ष नभएकाले अन्तर्राष्ट्रिय नियमअनुसार नै यसलाई विस्थापन गर्न लागिएको हो ।