August 20, 2017

वैशाख भित्रमा स्थानीय निकायको निर्वाचन हुने : प्रधानमन्त्री

 

९ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वैशाख भित्रमा स्थानीय निकायको निर्वाचन हुने बताएका छन् ।

आईतबार संसदीय मामिला पत्रकारले आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले छिटोमा वैशाख २५ र ढिलोमा ३० गते भित्रमा निर्वाचन हुने दावी गरेका छन् ।

उनले माघ १५ भित्रमा चुनावको मिति घोषणा हुने दाबी गरेका छन। मधेसी मोर्चालाई मान्य हुनेगरी अर्को संशोधनको तयारी भएको भन्दै उनले मधेसी लगायत असन्तुष्टको माग सम्बोधन गर्न आफूहरु तयार रहेको बताएका छन । प्रधानमन्त्री दाहालले चुनाव नभए भयावय अवस्था देशमा आउने भन्दै गम्भीर हुन सवै दललाई आग्रह गरे।

त्यस्तै सभामुख ओनसरी घर्तिले आगामी ७४ माघ भित्र सबै निर्वाचन गर्नुपर्ने भन्दै यसका लागी गम्भीर हुन दलहरुलाई आग्रह पनि गरेकी छन् । कार्यक्रममा अन्य दलका नेताहरुले पनि तोकिएको समयमा नै निर्वाचन गर्नुको बिकल्प नभएको धारणा राखेका थिए ।