वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे पक्राउ

काठमाण्डौ २९ कार्तिक । वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान अायोगकाे टोलीले  घुस लिएको आरोपमा पक्राउ गरेकाे छ ।

वैदेशिक रोजगार विभागका शाखा अधिकृत कृति बल्लभ पौडेल र नायव सुब्बा खड्गबहादुर केसी नयाँबानेश्वरकाे इन्द्रणी फुडल्याण्डबाट  १० लाख रुपैयाँ घुस सहित पक्राउ परेपछि उनीहरुले पाण्डेले नै अाफुहरुलाई परिचालन गरेकाे बयान दिएका थिए ।

पौडल र केसी मंगलबार राति ८ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डबाट  समातिएका थिए । वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै उक्त रकम लिएको अख्तियार श्रोतले बतायो ।  पाण्डे आगामी मंसिर ६ गते अवकाश लिने तयारीमा थिए ।