October 18, 2017

वेस्ट इन्डिजका अलराउन्डर रसेलको बलिउड छिर्ने योजना

काठमाण्डौ, २ वैशाख । कोलकात्ता नाइट राइडर्स तथा वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलले आफू गायक र नायकको रुपमा बलिउडमा छिर्न योजना बनाइरहेको बताएका छन् ।

रसेलले भने, ‘म यही वर्ष भारतमा लक्षित गर्दै मेरो पहिलो अन्तर्राष्ट्रिय म्युजिक भिडियो सार्वजनिक गर्नेछु र त्यसपछि आफ्नो अभिनयलाई बलिउडमा केन्द्रित गर्ने याेजना बनाएकाे छु ।’ अहिले चोटका कारण जारी आईपिएलमा उनलाई देख्न सकिएको छैन ।

यस्तै रसेलका समकक्षी ड्वेन ब्राबोले यसअघि नै ‘च्याम्पियन’ र ‘जेगरबम्ब’ जस्ता म्युजिक भिडियो निकालिसकेका छन् ।