October 24, 2017

वीरगञ्जमा हनुमान जयन्ती धुमधामसँग मनाइयो

राम कुशवाहा / वीरगंज, २९ चैत्र । हनुमान जयन्ती वीरगञ्जमा धुमधामसँग मनाइएको छ ।

विभिन्न हिन्दुवादी संघ संस्थाहरुले विहानै देखि विभिन्न प्रकारका झाकीहरु प्रस्तुत गर्दै  जयन्ती मनाएका छन। हिन्दुवादी संघ संस्थाहरुले दिउसो २ बजे हनुमान जयन्तीको अवसरमा वीरगंजको घण्टाघर बाट विशाल जुलुस निकालेका थिए ।

हातमा जयश्री राम लेखिएको झण्डा र जयश्री रामको नारा लगाउदै जुलुस नगर परिक्रमा गर्दै पुनः घण्टाघरमा आई सभामा परिणत भएको थियो । स्थानिय जनताहरुले जुलुसमा सहभागिहरुलाई पानी , सर्वत लगायतको खानेकुराको समेत व्यवस्था गरेका थिए ।

हनुमान जयन्तीको तिथि कार्तिक कृष्ण चतुर्दशी र चैत्र शुक्ल पूर्णिमा दुवै दिनलाई मानिएको छ। चैत्र महिनाको पूर्णिमाका दिन स्त्री पुरुष बाल वृद्ध सबैले पवित्र नदीमा स्नान गरेर आँफूलाई पवित्र तुल्याउँदछन्, यस दिन घरघरमा लक्ष्मी-नारायणलाई प्रसन्न तुल्याउन व्रत सम्पादन गरिन्छ  र सत्यनारायणको कथा श्रवण गर्ने प्रचलन छ।

शास्त्रमा मतैक्य नहुनाले चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानजीको जन्म दिवस मनाउने त गरिन्छ, यद्यपि वायु पुराणादि-अनुसार कार्तिकमहिनाको शुक्ल चतुर्दशीका दिन हनुमान् जयन्ती अधिक प्रचिलित छ, तर पहिलो जन्म दिवस हो भने दोस्रो विजय अभिनन्दन महोत्सव।