October 17, 2017

वीरगञ्जमा गोली प्रहारबाट महिलाकाे हत्या प्रयास

राम कुशवाहा / वीरगन्ज २९ चैत्र । वीरगन्जमा एउटा महिलालाई गोली प्रहारगरी हत्या गर्ने प्रयास गरिएकोछ ।

वीरगन्ज उपमहानगरपालिका साविकको वडा १७ –हाल १४ पिपराका धिरेन्द्र पटेलकी श्रीमती २३ वर्षीय नीलु पटेल लाई गोली प्रहार गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
अाज विहान घरमा सुतिरहेकाे अवस्थामा एक्कासी गोली प्रहार गरिएकाे थियो।  दाहिने कन्चट पछाडिको भागमा गोली लागि घाइते भएकी नीलुकाे अहिले वीरगन्जस्थित नेशनल मेडिकल कलेजको आइसियु कक्षमा उपचार भइरहेको छ ।

आफनो सुत्ने कोठामा बिहान दुई बजेतिर गोली लागेको अवस्थामा श्रीमान धिरेन्द्र संगै भेटिएकी निलुलाई घरपरिवारका सदस्यहरुले शुरुमा गण्डकमा रहेको वीरगन्ज हेल्थ केयर अस्पतालमा लगेको र त्यहा उपचार सम्भव नभएपछि नेशनल मेडिकल कलेजमा लगिएको हो।
घरपरिवारका सदस्यहरुले निलुलाई अपरिचित व्याक्तिले गोली हानेर घाइते बनाएको बताएपनि घटनामा निलुकै घरिपरिवारका सदस्यहरुको संलग्नता रहेको आशंका प्रहरीले गरेको छ ।

प्रहरीले निलुका श्रीमान धिरेन्द्र पटेल र उनका भाई सुमन पटेल लाई हिरासतमा लिई अनुसन्धान गरिरहेको पर्साका प्रहरी उपरिक्षक गोविन्द कुमार साहले जानकारी दिए ।