March 26, 2017

वीरगंजमा म्याराथनमा प्रन्चु राणा र चाँद अन्सारी प्रथम  

 

वीरगंज ५ चैत्र । वीरगंज लेडिज सर्कलको अयोजनामा आज वीरगंजमा म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ ।स्वस्थताका लागि दौड भन्ने नाराका साथ सम्पन्न प्रतियोगितामा २ सय ५० प्रतियोगिहरुको  सहभागिता रहेको थियो ।

प्रतियोगिता अन्तर्गत महिलातर्फ प्रन्चु राणा प्रथम भएकी छिन् भने पुरुष तर्फ चाँद अन्सारी प्रथम भएका छन् ।यसैगरी रुचि पटवारी र जयन्त घिमिरे क्रमशः द्धितिय भएका छन् । विजेता र उपविजेतालाई पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरले पुरस्कार विरतण गर्नुभएको थियो ।

सर्कलकी अध्यक्ष रश्मी अग्रवालको सभापतित्वमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, वीरगंज राउण्ड टेबल ३ का अध्यक्ष सुशान्त चाचन, पूर्व अध्यक्ष मनोज दास, नेपाल लेडिज सर्कलकी उपाध्यक्ष सुनिता खेतान वीरगंज लेडिज सर्कलकी सचिव सरिता जैन लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *