June 26, 2017

विश्व सम्बन्ध परिषद्को अध्यक्षमा हेमकान्त खरेल निर्वाचित

काठमाण्डौ, २२ फाल्गुन । विश्व सम्बन्ध परिषद् नेपाल (एनसिडब्ल्युए) काे अध्यक्षमा हेमकान्त खरेल निर्वाचित भएका छन  ।

अध्यक्षका प्रतिस्पर्धी अधिवक्ता विश्वकान्त मैनालीलाई ८ मतका अन्तरले खरेल निर्वाचित भएका हुन । खरेलले जम्मा १५० मत प्राप्त गरेका थिए ।

एनसिडब्ल्युए नेपाली बुद्धिजीविहरुको संगठन हो । संगठनले उमेश बहादुर मल्ललाई उपाध्यक्षमा, असिम थापालाई महासचिवमा, भुवन पाठकलाई सचिवमा र रविन्द्रनाथ भट्टराईलाई कोषाध्यक्षमा चुनेको छ ।