October 17, 2017

विश्व मृगौला दिवस विभिन्न कार्यक्रम गरी मनाईदै

काठमाण्डौ, २६ फनल्गुन । विश्व मृगौला दिवस नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ ।

मृगौला रोगबारे जानकारी दिन र यसबाट बँच्न अपनाउनु पर्ने उपायबारे सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार विश्व मृगौला दिवस मनाउने गरिन्छ ।

मृगौला दिवसको अवसरमा विभिन्न अस्पताल र स्वास्थ्यक्षेत्रसँग सम्वन्धित संघसंस्थाहरुले निःशुल्क मृगौला परीक्षण, र्याली, गोष्ठी लगायतका कार्यक्रम आयोजना गरिएका छन् ।

त्यस्तै काठमाडौमा आज बिहान प्रभातफेरी गरिएको छ । प्रभातफेरीपछि आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री गगन थापाले  मृगौलाको उपचार सरकारले गर्ने बताए । अब नेपालमा मृगौलापिडितले उपचार नपाएर ज्यान गुमानउनुपर्ने अवस्था नआउने धारणा पनि राखेका छन् ।

नेपालमा २५ लाख भन्दा बढी मृगौला रोगी रहेको अनुमान गरिएको छ । मृगौला रोगको सुरुवाती चरणमा कुनै लक्षण नदेखिने र अन्तिम अवस्थामा मात्रै विभिन्न लक्षण देखिने भएकाले वर्षको एकपटक मृगौला परीक्षण गर्नुपर्नेमा चिकित्सकहरुले जोड दिएका छन् ।

मृगौला रोग लाग्नबाट जोगिन प्रशस्त पानी पीउन, धुम्रोपान र मध्यपान नगर्न, शारीरिक व्यायाम गर्न र खानपानमा ध्यान दिन चिकित्सकले सुझाव दिएका छन् ।