विश्व क्षयरोग दिवस नेपालमा पनि मनाईदै

काठमाण्डौ, ११ चेत्र । मार्च २४ अर्थात आज विश्व क्षयरोग दिवस विभिन्न जनचेतनामुलक कार्यक्रम गरी नेपालमा पनि मनाईदै छ ।

हरेक वर्ष क्षयरोग निवारणका लागि विभिन्न कार्यक्रम गर्दै मार्च २४ तारिखका दिन विश्व क्षयरोग दिवस मनाउने गरिन्छ । क्षयरोग माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग हो ।

श्वासप्रस्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता प्रतिरोधी क्षमता कम भएका रोगीलाई छिटो हुन्छ ।

एक जना क्षयरोगीले समयमा औषधि नगर्दा एक वर्षमा अरु १० देखि १५ जनालाई रोग सार्ने चिकित्सकहरुको भनाइ छ ।