June 28, 2017

विश्व एथ्लेटिक्स च्याम्पियनसिपमा रुप सहभागि हुन नपाउने

२५ माघ, काठमाण्डौ (एजेन्सी) । यस वर्षको विश्व एथ्लेटिक्स च्याम्पियनसिपमा रुस सहभागी हुन नपाउने भएको छ ।

खेलाडीहरुले गरेको डोपिङमा सरकारकै संलग्नताको पुष्टि भएपछि रुस प्रतिबन्धमा परको हो । एथ्लेटिक्सको प्रशासकीय निकाय इन्टरनेशनल एसोसिएसन अफ एथ्लेटिक्स फेडेरेशन आइएएएफको बैठकले प्रतिबन्ध जारी राख्ने निर्णय गरेपछि रुस च्याम्पियनसिपमा सहभागी हुन नपाउने भएको छ ।

वल्र्ड एन्टि डोपिङ एजेन्सी वाडाको प्रतिवेदन अनुसार सन् २०११ देखि २०१५ सम्ममा एक हजार भन्दा धेरै रुसी खेलाडीले राज्य प्रायोजित प्रतिबन्धित औषधी प्रयोग गरेका थिए । आइएएएफले सन् २०१५ को नोभेम्बरमा रुसमाथि प्रतिबन्ध लगाएको हो । डोेपिङ प्रकरणमा दोषी देखिएकै कारण रुसलाई गएको वर्ष रियो ओलम्पिकमा समेत प्रतिबन्ध लगाएको थियो ।

रुसमाथिको प्रतिबन्ध आउँदो नोभेम्बरसम्म कायम रहने छ । यद्यपि, रुसका खेलाडी आउँदो प्रतियोगितामा स्वतन्त्र खेलाडीको रुपमा भने सहभागी हुन पाउने छन् । एथ्लेटिक्सको विश्व च्याम्पियनसिप आउँदो अगस्ट ४ देखि १३ सम्म लण्डनमा हुँदैछ ।