October 24, 2017

विश्वमा धूम्रपानका कारण प्रति १० जनामा १ को मृत्यु

काठमाण्डौ, २४ चैत्र । अमेरिकाको एक अनुसन्धान केन्द्रका अनुसार सन् २०१५ मा विश्वका ११.५ प्रतिशत मानिसको मृत्यु धूम्रपानका कारण भएकाे थियाे ।

अनुसन्धानकर्ताहरुले ६.४ मिलियन संख्याका मानिसहरुको मृत्यु धूम्रपानका कारणले गर्दा भएको हो भन्ने तथ्य पत्ता लगाएका हुन् । चीन, भारत, संयुक्त राज्य अमेरिका, र रसियाले धूम्रपानका कारण मृत्यु हुने संख्याको आधा हिस्सा बेहोर्छन् ।

अध्ययनमा के पनि समेटिएको छ भने, सन् २०१५ मा झण्डै १ बिलियन जनसंख्याले धूम्रपान गर्दथे भने अहिले दैनिक ९ सय ३३ मिलियन जनसंख्याले धूम्रपान गर्दछ ।