August 22, 2017

विश्वका ५ देश जहाँ रात हुदैन

काठमाडौं, १७ फाल्गुन । यो प्रकृतिको नियम हो दिन पछि रात र रात पछि दिन आउनु । तर विश्वमा यस्ता देश पनि छन् जहाँ २४ घण्टा दिनजस्तै उज्यालो हुन्छ ।

क्यानडा


क्यानडामा मानिसहरु रात देख्नको लागि धेरै दिन कुर्ने गर्दछन् । यहाँ ५० भन्दा बढी दिन सम्म सूर्य डुब्दैन । मानिसहरुले रातको अँध्यारो देख्नका लागि लामो दिन कुर्नु पर्ने हुन्छ ।

नर्बे


नर्बे यस्तो देश हो जहाँ मे देखि जुलाईसम्म लगभग ७६ दिनसम्म सूर्य अस्ताउँदैन । त्यसैले नर्वेलाई ‘मध्यरातको सूर्यको भूमि’ भनिन्छ ।

स्वीडेन


स्वीडेन यस्तो देश हो जहाँ रातमा पनि घामको गर्मीपनाको महसुस गर्न सकिन्छ । यहाँ मे महिनाबाट अगस्टसम्म आधी रातपछि सूर्य डुब्छ ।

आइसल्याण्ड


उत्तर पश्चिम यूरोपमा रहेको देश हो, आइसल्याण्ड । नदी, झरना, र प्राकृतिक सौन्दर्यले भरिपूर्ण देशमा मे को सुरुदेखि जुलाईको अन्त्यसम्म सूर्य अस्ताउँदैन ।

फिनल्याण्ड


फिनल्याण्डमा गर्मीको समयमा महिनाभरि सम्म सूर्य डुब्दैन । रात १२ बजेपछि भने केही अँध्यारो जस्तो महसुस हुन्छ । यहाँको मौसम पनि मनमोहक छ ।