October 22, 2017

विश्वका अनौठा आमाहरु

काठमाण्डौ, २२ फाल्गुन । विश्वमा विभिन्न अनौठा कुरा वा तथ्यहरु हुन्छन् । जसलाई जो कोहीले सहजै पत्याउन वा स्विकार्न कठिन हुन्छ । आउनुहोस् केही अनौठा तथ्य वा घटनाबारे जनकारी बटुलौं ।

५ वर्षमै आमा

लिना मेदिना मेडिकलको इतिहासमा सबैभन्दा कम उमेरमा आमा बन्ने पहिलो महिला हुन् । उनी ५ वर्ष, ७ महिना र २१ दिनमा आमा बनेकी हुन् । सन् १९३३ सेप्टेम्बर मा उनको जन्म भएको थियो । उनी पेरुको राजधानी लिमा मा बसोबास गर्छिन् ।

कम उचाइकी आमा

अमेरिकाको केन्टकीमा बसोबास गर्ने २ फिट ४ इन्च उचाइ भएकी स्टेसी हेराल्डले तीन सन्तानलाई जन्म दिइसकेकी छिन् । सन् २००० मा उनले ५ फिट ९ इन्च अग्ला मानिससँग विवाह गरेकी थिइन् ।

७० वर्षमा जुम्ल्याहा बच्चाको जन्म

भारतको उत्तर प्रदेशमा रहने ओमकारी पंवारले ७० बर्षमा जुम्ल्याहा बच्चाको आमा बनेर रेकर्ड राखेकी छिन् ।

पहिलो पुरुष आमा, ३ वर्षमा ३ बच्चाको जन्म

बेलायतका थोमस बिटाइ संसारकै पहिलो पुरुष महिला हुन् । सन् १९७४ मा प्रथम पटक आमाको रुप धारणा गरेका यिनले ३ सन्तानलाई जन्म दिइसकेका छन् ।

४० वर्षमा ६९ बच्चा

रुसको सुयामा बसोबास गर्ने वैलेन्टिना वेसिल्वेयाको नाममा सबैभन्दा धेरै बच्चा जन्माउनेको रेकर्ड छ । वैलेन्टिना र उनका पति फियोडोरका जम्मा ६९ बच्चालाई जन्म दिएकी थिइन् । जसमध्ये ६७ बच्चा जिवित रहे । उनीले सन् १७२५ र १७६५ को बिचमा २७ पटक गर्भाधारण गरेकी थिइन् ।