Breaking News

विश्वकप छनोट : जिम्बाव्बेविरुद्ध ३ सय ८१ रनकाे विशाल चुनौती सामना गर्दै नेपाल

काठमाण्डौ २० फाल्गुन । आईसीसी विश्वकप छनोट प्रतियोगिताको पहिलो खेलमा घरेलु टोली जिम्बाबेले नेपालसामु तीन सय ८१ रनको चुनौती पेश गरेको छ ।

बुलावायोस्थित क्विन्स् स्पोट्स क्लबको मैदानमा जारी खेलमा जिम्बावेले नेपालसामु जितका लागि तीन सय ८१ रनको विशाल चुनौती पेश गरेको हो ।

टस जितेर पहिले ब्याटिङ् गरेको जिम्बाबेले पूरै पचास ओभर खेल्दै ६ विकेटको क्षतिमा तीन सय ८० रनको विशाल योगफल खडा गर्यो । आक्रामक सुरुवात गरेको जिम्बावेका लागि ओपनर सिपा झवाओले ४१ तथा सोलुमुन मेरेले ५२ रन बनाए ।

पहिलो विकेटका लागि झवाओ र सोलुमुनले ७७ रनको साझेदारी गरेका थिए । त्यस्तै, जिम्बावेका दुई खेलाडीले शतकीय पारी खेलेका छन् । जिम्बाबेका मध्य क्रममा आएका सिकन्दर राजाले एक सय २३ तथा ब्रेण्डन टायलरले एक सय रन बनाए ।

६६ बलको सामना गरेका राजाले सात चौका र नौ छक्का प्रहार गर्दै एक सय २३ रन बनाएका हुन् । नेपालका लागि घातक सावित भएका राजा र टायलर दुवै व्याट्सम्यानलाई सोमपाल कामीले पेभेलियन फर्काएका थिए ।

त्यस्तै, जिम्बावेको विस्फोटक ब्याटिङ्सामु कमजोर देखिएको नेपालका लागि बलिङतर्फ वसन्त रेग्मी र सोमपालले समान दुई÷दुई तथा सन्दीप लामिछाने र डेब्यु खेलाडी ललित राजवंशीले पनि समान एक–एक विकेट लिए ।

shares