October 17, 2017

राखेपमा विशेषज्ञ नियुक्त गर्ने निर्णय

काठमाण्डाै,१६ फाल्गुन ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पदपूर्ति समितिको बैठकले समितिलाई आवश्यक पर्ने एक जना विशेषज्ञ नियुक्त गर्ने निर्णय गरेको छ ।

राखेपका सदस्य–सचिव समेत रहेका समितिका अध्यक्ष केशवकुमार विष्टको अध्यक्षतामा सोमबार बसेको बैठकले उक्त निर्णय गरेको राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख एवं समितिका सदस्य–सचिव सुरेश ढुंगानाले जनाएका छन् ।

त्यस्तै समितिले परिषद्मा मौजुदा स्वीकृत निर्णयसहितको दरबन्दी संख्या र स्वीकृत दरबन्दी भित्र रिक्त पद तथा श्रेणीसहितको संख्या परिषद्संग माग गर्ने निर्णय पनि गरेको समितिले जनाएको छ ।