October 17, 2017

विशिष्ट कर्मचारीको अनुभव परिचालन हुन सके मुलुक छिट्टै समृद्ध हुन्छ– खिलराज रेग्मी

काठमाण्डौ, ३ चैत्र । मन्त्रीपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले पूर्व विशिष्ट कर्मचारीको अनुभव परिचालन हुन सके मुलुक छिट्टै समृद्ध हुने बताएका छन् ।

पूर्व कर्मचारी सेवा परिषद, नेपालले काठमाण्डौमा गरेको कार्यक्रममा उनले यस्तो बताएक हुन । रेग्मीले राष्ट्र निर्माणका लागि आवश्यक विकास निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउने काम कर्मचारीतन्त्रले गर्ने धारणा राखेका थिए । उनले राज्यले पूर्व कर्मचारीहरुको अनुभवलाई ठूलो पुँजीको रुपमा ग्रहण गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।

कार्यक्रममा सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदीले सेवाबाट अवकाश पाएका कर्मचारीको अनुभव राष्ट्र निर्माणका लागि अमूल्य हुने विश्वास पनि व्यक्त गरेको थियो ।