August 17, 2017

विवेकाशील नेपाली दलले गर्‍यो मास्काथोन कार्यक्रम

काठमाण्डौ, २० चैत्र । विवेशील नेपाली दलले आईतबार काठमाण्डौमा मास्काथोन (मास्क लागाएकर दौड्ने म्याराथुन) कार्यक्रमको गरेको छ ।

काठमाण्डौमा रहेको धुँवाधुलो र राजनीतिको धुलोमैलो हटाउने सवालमा सरकारले नागरिकलाई धेरै उल्लु बनाएको भन्दै विवेकशील नेपालीले यस्तो कार्यक्रमा गरेको हो ।

डेढ घण्टासम्म भएको कार्यक्रम नारायण गोपाल चोकदेखि सुरु भई धुम्बाराही, चावहिल, गौशाला हुँदै पिंगलास्थान पुगी सम्पन्न भएको थियो ।

कार्यक्रममा स्थानीय, दलका सदस्य तथा शुभेच्छुकहरुको ठूलो सहभागिता रहेको थियो ।

केही सहभागीहरुले दिवंगत भैसकेका राजा(रानीको भेषमा मास्क लगाई व्यंगात्मक तरिकाले सहभागिता जनाएका थिए ।
पिंगलास्थानमा पुगेर कार्यक्रमा कोणसभामा परिणत भएको थियो ।