October 17, 2017

विवाह नगरी बच्चा जन्मेमा अब स्वतः विवाह

काठमाण्डौ,५ वैशाख । विवाह नगरि बच्चा जन्मेमा अब स्वतः विवाह भएको मानिने भएको छ ।

महिलासँग सहमतिमा शारीरिक सम्बन्ध राख्ने र गर्भधारण भएमा अस्वीकार गर्ने अनि महिला बाध्य भएर नाता कायम गर्न अदालत धाउनुपर्ने व्यवस्था पनि अन्त्य हुने भएको छ ।

मुलुकी ऐनको नयाँ व्यवस्थाले समाधान गर्ने प्रावधान राखेको हो । नयाँ व्यवस्थामा कुनै पुरूषसँग शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्माएको प्रमाणित भएमा त्यस्तो पुरूष र महिलाबीच स्वतः विवाह भएको मानिने र विवाहसरहको हक लाग्ने भएको छ ।

समितिको प्रतिवेदन हाल संसदमा छलफलको क्रममा छ । अब बस्ने संसद बैठकले प्रतिवेदन पारित गर्नेछ। संसदबाट पारित भएपछि यो कानुन ७५ भदौ १ गतेबाट लागू हुनेछ । यो खबर आजको नागरिक दैनिकमा छ ।