विमान दुर्घटना : अडियो सार्वजनिक भएकाेमा नागरिक उड्डयन प्राधिकरणकाे आपत्ति

काठमाण्डौ ३० फाल्गुन । यूएस बंगला विमान दुर्घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले काम थालेको छ । सरकारले सोमबार पूर्वपर्यटन सचिव यज्ञ गौतमको संयोजकत्वमा ६ सदस्यीय आयोग गठन गरेको थियो ।

‘आयोगले  काम थालिसकेको छ,’ पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले मंगलबार त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘आयोगले दुर्घटना अनुसन्धान गर्दा आवश्यकताअनुसार विज्ञको पनि सहयोग लिनेछ। आयोगलाई १ सय ५० दिनको समय दिइएको छ।
एयर ट्राफिक कन्ट्रोलर (एटीसी) र पाइलटबीच भएको सवांदको अडियो बाहिरिएको विषयमा नागरिक उड्डयन प्राधिकरणले आपत्ति जनाएको छ। प्राधिकरणले सोमबारै युट्युबलाई इमेलमार्फत उजुरी दिएको छ। यो खबर कान्तिपुर दैनिकमा छ ।