May 26, 2017

विमानस्थलमा चुहिएको ‘ए.टि.एफ फ्युल’ बारे छानविन हुने

काठमाण्डौ, ७ चैत्र । ५ हजार टन एटिएफ फ्युल विमानस्थलमा चुहिएको विषयमा विस्तृत छानविन प्रतिवेदन पेश गर्न नेपाल सरकारको मन्त्रीस्तरीय बैठकले  छानविन समिति गठन गरेको छ ।

फ्युल चुहिएको भनिएको ‘एअरबस ए.३२०, ९एन–ए.के.डब्लयू’ नाम गरेको विमान नेपाल एयरलाइन्सको हो । उक्त समितिलाई छानविन गरी १५ दिन भित्र राय सुझाव सहितको प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको छ ।

भविष्यमा यस्ता घटना हुन नदिन एवं यस सम्बन्धी जिम्मेवार पदाधिकारीहरुलाई के कस्तो कारबाही गरिनु पर्छ यसबारे छानविन गर्न समितिलाई निर्देशन गरिएको छ ।

छानविन समितिको संयोजकमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक हरिभक्त श्रेष्ठ, सदस्यमा सुमन कुमार श्रेष्ठ रहेका छन् ।

त्यस्तै अर्का सदस्य नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व उपमहानिर्देशक लक्ष्मी प्रसाद तुम्बाहाम्फे रहेका छन् ।