विभिन्न स्थानिय तहहरुमा मतगणना जारी, काठमाडौं, पोखरा र भरतपुरमा अाजै मतगणता हुने

१ जेठ, काठमाडौं ।   काठमाडौं, पोखरा र भरतपुर महानगरपालिकामा अाजै मतगणता हुने बताइएकाे छ । ललितपुर महानगरपालिका लगायत देशका विभन्न नगरपालिका र गाउँपालिकाहरुमा आइतबार रातिदेखि नै सुरु भएकाे मतगणना जारी छ । 

अाइतबार विहानसम्मकाे मतगणना अनुसार ललितपुर महानगरपालिकामा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनको अग्रता देखिएको छ ।

काठमाडौंको कीर्तिपुर, चन्द्रगिरी, शंखरापुर, दक्षिणकाली, मनाङ, रुकुम, जुम्ला, नवलपरासी आदि जिल्लामा केही स्थानीय तहमा पनि मतगणना जारी छ ।