सिके राउत पक्रउ परेपछि विप्लवले अताल्लीदै भने सरकार पार्टीका गतिविधि रोक्न लागिपरेको छ

२२ माघ, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी माओवादीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले आफ्नो पार्टीका गतिविधि रोक्न सरकार लागिपरेको भन्दै राज्यको यस्तो रवैयाविरुद्ध सशक्त प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

शनिबार काठमाडौमा आफ्नो पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्चको राष्ट्रिय भेलालाई सम्बोधन गर्दे चन्दले यस्तो चेतावनी दिएका हुन । उनले सिके राउतलाई पक्राउ गरेपछि यस्तो अभिव्याक्ति दिएका हुन् ।

राज्यले नेकपा माओवादीविरुद्ध धरपकड, दमन र भ्रामक प्रचार गरेको आरोप पनि लगाएका छन् । त्यस्तै उनले आफुहरु जनताका लागि क्रान्ति गर्ने भन्दै जंगल जाने कुरा निराधार भएको टिप्पणी पनि गरेका छन् । चन्दले आफुहरुलाई जनताका बिचमा जानबाट रोक्न दुई हतियार समेत रहेको हल्ला फैलाईएको भन्दै यस्तो हल्ला निराधार भएको बताएका छन् ।

महासचिव चन्दले आफ्नो पार्टी राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, जनताको अधिकार, जनताको सुविधाको पक्षमा अग्रभागमा बसेर काम गरिरहेको भन्दै भ्रष्टाचार, तस्करी, महङ्गी, कालोबजारी, अराजकताविरुद्ध संघर्ष गरिरहेको उल्लेख गरेका छन् ।