विप्लव नेतृत्वको नेकपाद्वारा कैलालीमा निर्वाचन सामाग्रीमा अागजनी


धनगढी ५ बैशाख । विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले कैलालीमा निर्वाचन सम्बन्धी सामाग्रीमा अागजनी गरेका छन ।

निर्वाचन आयोगले प्रचारका लागि पठाएको मतदाता शिक्षा नियमावली नमुनापत्र कैलालीकाे  त्रिशक्ति नगरपालिका लालवोझिमा नेकपाका कार्यकर्ताहरुले कब्जामा लिई जलाएका छन । निर्वाचन सामाग्री बोकेका कर्मचारीहरुलाई भने सकुशल छाडेकाे नेकपा कम्यूनिष्ट पार्टी कैलालीका  जनसरकार प्रमुख हरिचरण चाैधरीले बताए ।

नेपाल कम्युिनष्ट पार्टीले स्थानिय निर्वाचन खारेजीकाे माग गर्दै निर्वाचन सम्बन्धी गतिविधिलाई विथोल्ने घोषणा गरेकाे छ ।