October 22, 2017

पूर्व राज्यमन्त्री नविन विश्वकर्मा पक्राउ

काठमाण्डौ ५ बैशाख । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ललितपुर इन्चार्ज नविन विश्वकर्मा लाई प्रहरीले पक्राउ गरेको छ ।

‘एकीकृत जनजागरण तथा प्रतिरोध’ अभियानको क्रममा मंगलबार ललितपुरको चापागाउँबाट विश्वकर्मालाई पक्राउ गरेकाे हो । विश्वकर्मा पूर्व स्थानीय विकास राज्य मन्त्री समेत हुन ।

विश्वकर्माका साथमा  नेपाल कम्युनिष्ट पार्टीका एक दर्जन बढी  कार्यकर्तालाई गिरफ्तार गरेको उक्त पार्टीले जनाएको छ ।

पक्राउ परेका सबैलाई महानगरिय प्रहरी बृत चापागाउँमा राखिएको छ । प्रहरीले काठमाडौँको ठूलो भर्याङबाट सामाना पारिवारको साँस्कृतिकमा  हस्तक्षेप गरेको छ ।

नेपाल कम्कायूनिष्ट पार्टीका काठमाण्डौ इन्चार्ज माइला लामाकाले  मंगलबार दिउँसो साँस्कृतिक कार्यक्रमको तयारीमा भइरहेको बेला प्रहरीले हस्तक्षेप गरेको र कलाकारका सामाग्री  खोसेर लिएको बताए ।